संसद्

संघीयताबारे नयाँ पुस्तक ल्याउँदै पूर्वमुख्यसचिव डा‍. सुवेदी

इकागज |
असोज २२, २०७८ शुक्रबार २०:९ बजे

काठमाडौँ - पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीले नेपालको परिवेशमा संघीयताका सबल र दुर्बल पक्षलाई विश्लेषण गरेर तयार पारेको पुस्तक छिट्टै सार्वजनिक गरिने भएको छ । उनी मुख्यसचिवबाट एसियाली विकास बैक (एडीबी)को मुख्यालयमा वैकल्पिक निर्देशक हुँदै सरकारी सेवाबाट बाहिरिएपछि संघीयताको बारेमा लेख्ने एक्लो वरिष्ठ कर्मचारी हुन् ।

उनले लगातार संघीयताको विषयमा पत्रपत्रिका र अनलाइन पोर्टलमा लेख प्रकाशन गर्दै आएका छन् । सञ्चारमाध्यममा उनका अन्तर्वार्तारू पनि सार्वजनिक भइरहेका छन् । नेपालको संघीयताको शुरुवातदेखि नै संलग्न रहेका र कार्यान्‍वयनमा निकै लागि परेका डा. सुवेदी अहिले पनि संघीयताको विषयमा प्रत्यक्ष संलग्न भएर त्यसको कार्यान्‍वयनमा जोड दिने व्यक्तिका रूपमा उनी परिचित छन् । उनी प्रदेश र पालिकाको कुनाकाप्चामा पुगेर सुझाव दिने र सघाउने काममा सक्रिय छन् । 


उनको पुस्तक पनि संघीयतालाई कसरी बलियो बनाउने र संघ प्रदेश एवं पालिकाबीचको खाडल कसरी पुर्ने भन्नेमा नै केन्द्रित रहेको बताइन्छ । यद्यपि केही राजनीतिज्ञहरुले बाहिर एउटा र भित्र अर्को कुरा गरेर संघीयता कमजोर भएको उनको बुझाई पनि त्यहाँ पढ्न सकिनेछ । उनले आफ्नो भोगाई नेताहरुसँग उठाएका केही प्रसङ्ग पनि आलेखहरूमा उल्लेख गरेको हुनाले त्यो विषय पनि पुस्तकमा पक्कै परेको होला ! 

उनको आउन लागेको पुस्तक ‘नेपालमा संघीयता-अनुभव, अवलोकन र अनुभूति’ हो । उक्त पुस्तकमा सबै प्रकारको विषय समेटिएको छ । पुस्तकका अधिकांश भागमा संघीयता कार्यावन्यनमा जोड दिइएको विषय रहेको छ भने यसमा अनुभव नपुगेको सिक्दै अघि बढ्न परेको विषयलाई उनले उजागर गरेको पुस्तक प्रकाशक पैरवी प्रकाशनले जनाएको छ ।

त्यस अलवा उनले संघीयता कार्यान्‍वयनमा देखिएको चुनौती, संघ हावी भएका विषय लगायत राखेर पुस्तकलाई निकै उपयोगी बनाउने प्रयास गरेको प्रकाशकले जनाएको छ । पैरवी प्रकाशनले उनको पुस्तक लोकसेवा तयारी गर्नेका लागि मात्र होइन संघीयतालाई यथार्थमा बुझ्न चाहनेले पढ्नैपर्ने पुस्तकका रूपमा आएको जनाएको छ । 

सुवेदी यसअघिका सरकारको आँखा परेका व्यक्ति हुन । उनले पहिलो पटक केपी ओली प्रधानमनत्री हुँदा मन्त्रिपरिषदमा लुरुलुरु जे भने नि मान्ने भन्दा पनि आफ्नो तर्क राख्न थालेपछि उनी ओलीको नजरमा परेका थिए । हुन पनि ओलीको छत्रछाया पर्ने मालामाल, नजर पर्ने सखाप भन्ने उनीहरुकैले भने झैं सुवेदीलाई सक्काउन पनि ओलीले सकेनन् । तर ओलीको सरकारपछि अर्को सरकार बन्यो र निर्वाचन पछि ओलीकै सरकार आयो त्यसपछि ओलीले उनलाई एडीबीबाट समेत फिर्ता बोलाए ।

त्यो विषयलाई पनि विवादित पारियो नै । तर उनी संयम भएर माैन रहे । यद्यपि उनले लेख्न भने छोडेनन् । उनले विभिन्न पत्रिका र अनलाईनमा प्रकाशित लेखलाई थप विषयवस्तु र अनुसन्धानसहित पुस्तक मार्फत् पस्केका हुन । उनका यस अघि सात कृतिहरू प्रकाशित भएका छन् । उनले संघीयतादेखि आफ्नो अनुभव समेत प्रकाशन गरेका छन् ।

उनको नेपालमा 'विकेन्द्रीकरण र स्थानीय वित्त व्यवस्था २०६३', 'संविधान र कायजिम्मेवारी निर्धारण–२०६५', 'नेपामा संघीयता, स्थानीय सरकार र संक्रामणकालीन प्रबन्ध २०६७,' लगायत आधादर्जन पुस्तक प्रकाशित छन् भने भारतबाट पनि उनको ‘फिस्कल डिसेन्ट्रलाइजेसन इन नेपाल, अम्यूनिसिपल प्रस्पेक्टिभ’ पुस्‍तक प्रकाशित भइसकेको छ । यसअलवा उनका अन्य पुस्तक र जर्नल लेख पनि प्रकाशित छन् । 


Author

थप समाचार
x