दल

स्थानीय तहको निर्वाचनमा धाँधली भयो : रघुवीर महासेठ

इकागज |
जेठ ४, २०७९ बुधबार १६:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले काँग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले सिधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भए पनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।


महासेठले खसेको मतभन्दा बढि मत भेटिएपनि त्यसलाई मान्यता दिएको आरोप लगाए । मधेशका बिभिन्न स्थानीय तहमा काँग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मतभन्दा बढी मतपत्र फेला परको समेत उनको आरोप छ ।

उनले गठबन्धन सरकारले अविल्मव यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । 


Author

थप समाचार
x