दल

माओवादी संसदीय दलको बैठक बस्‍दै

इकागज |
जेठ १०, २०७९ मंगलबार १२:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्‍दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बैठक बस्‍न लागेको हो ।

बैठकमा नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ । 


आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मन्त्रिपरिषद्‌बाट पारित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ । 

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, लोकप्रिय कार्यक्रमलगायतमा केन्द्रित रहेको बताइएको छ । सरकारले मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।


Author

थप समाचार
x