दल

एमालेका मेयर हराउन भूमिका खेलेको भन्दै कास्कीका तीन जना निलम्बित

इकागज |
जेठ १८, २०७९ बुधबार १४:३१ बजे

फाइल फोटो

पोखरा - पोखरा महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमाले कास्कीले  तीन जनालाई निलम्बन गरको छ ।

नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा संलग्न वडा नम्बर २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा नम्बर ३३ का वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र सोही  वडाकै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरेको हो ।


उनीहरु अब आफ्नो जिम्मेवारीबाट मुक्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पोखरा महानगरको मतगणना चलिरहँदा मेयरका उम्मेदवार कृष्ण थापा हराउने अभिव्यक्ति दिएको अडियो क्लिप बाहिरिएको थियो । उक्त अडियोमा पहारी, आचार्य र अर्यालको नाम उल्लेख गरिएको थियो ।
 


Author

थप समाचार
x