दल

बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रीले के-के गरे ? योगेश भट्टराईले यसरी गरे संसद्‌मै खुलासा

इकागज |
जेठ ३०, २०७९ सोमबार १२:१० बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजस्व र भन्सार दरमा आफूलाई फाइदा हुनेगरी तलमाथि गरेको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै जेठ १४ गतेको मध्यरातमा उनले राजस्व र भन्सारका दरमा हेरफेर गर्न अर्थमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूलाई दबाब दिएको आरोप लगाए । उनले कर्मचारीहरू करको दायरा हेरफेर गर्न तयार नभए पनि अर्थमन्त्रीले जबरजस्ती हेरफेर गर्न बाध्य पारिएको आरोप लगाए । 


‘जेठ १४ गतेको मध्यरातमा अर्थमन्त्रीज्यूले कसरी भन्सार, कर र राजस्वका दरहरू हेरफेर गरे भन्ने समाचारहरू आजका सञ्चारमाध्यमहरूले बडो प्रमुखताका साथ प्रकाशित गरेका छन् । मध्यरातको १२ बजे कुनै अमुक व्यक्तिलाई अर्थमन्त्रीले आफनो कार्यकक्षमा बोलाउनुभयो,’ उनले भने, ‘कार्यकक्षमा भएका अर्थमन्त्रालयका सचिव, राजस्व सचिव, बजेट शाखाका प्रमुखलगायतका उच्चपदस्थ कर्मचारीहरूकाबीचमा उहाँलाई चिनाउनुभयो र भन्नुभयो– उहाँ मेरो प्रतिनिधि हो ।’

उनले अगाडि भने, ‘उहाँले भन्सार र राजस्वका दरमा केही हेरफेर गर्नुहुन्छ भनेर अर्थमन्त्रीज्यूले भन्नुभयो । त्यहाँका उच्चपदस्थ कर्मचारीले यो कुरा मानेका थिएनन् । जबरजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्यरातमा यी तमाम वस्तुहरूमा राजस्व र भन्सारको दरमा तलमाथि गरेर के गर्न खोजिएको हो ?’


Author

थप समाचार
x