दल

शेखर समूहको बैठक भोलि पनि बस्दै

इकागज |
असार १६, २०७९ बिहीबार १९:३३ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक भोलि पनि जारी रहनेछ । आज नेताहरूले बोल्ने समय नपुगेपछि भोलि दिउँसो २ बजेलाई बैठक पुन डाकिएको हो ।

महामन्त्री गगन थापा बैठकमा ढिला उपस्थित हुँदा सबै नेताहरूले बोल्न नभ्याएका बैठकमा सहभागी नेविसंघका पूर्व अध्यक्ष केशव सिंहले जानकारी दिए । आज १२ जना नेताहरूले मात्रै आफ्नो धारणा राखेका थिए । बाँकीहरूले भोलि आफ्नो धारणा राखेपछि बैठक सकिने कोइरालाको सचिवालयले जनाएको छ । 


आज धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाएका छन् । उनीहरूले ६ महिनासम्म विभागहरू गठन नहुनु, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउन नसक्नु, मनोनयन गरेका भ्रातृ संस्थाहरूमा पनि सभापति देउवाले एकलौटी गरेको बताएका छन् । 

शेखर समूहले महाधिवेशन भएको ६ महिनासम्म सभापति देउवाको कार्यशैली हेर्ने र त्यसपछि मात्रै आफ्नो धारणा तय गर्ने बताएको थियो । गत जेठमा नै सभापति देउवा दोस्रोपटक सभापति भएको ६ महिना पुगिसकेको छ । 


Author

थप समाचार
x