दल

शेखर समूहको बैठकमा प्रस्तुत एजेण्डा यस्ता

इकागज |
असार १६, २०७९ बिहीबार २०:३१ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाको ६ महिने सभापतित्वको समय र ९ महिने प्रधानमन्त्रीत्वकालको समीक्षा गर्ने भएको छ । आज देखि काठमाडौँमा सुरु भएको शेखर समूहको बैठकमा सभापति देउवाको कार्यशैलीसँगै देशको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचनको समीक्षा अब आउने संघ र प्रदेशको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल गरेको छ । बैठकको सुरुमै नेता शेखरले बैठकका लागि निम्न एजेण्डा प्रस्तुत गरेका थिए । 

- भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन। आगामी संघ र प्रदेशको निर्वाचन।


- अहिले नेपथ्यबाट सुनिएको कम्युनिस्ट एकताको कुरा।

- सभापति शेरबहादुर देउवाको ६ महिने सभापतित्वको समय र ९ महिने प्रधानमन्त्रीत्वकाल। सरकारको नेतृत्व गरे पनि कांग्रेसजनलाई यो माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको ।

- पार्टी विधान अनुसार नचलेको । सभापति देउवा  सानो गुटबाट घेरिएको । सरकार र पार्टीको पर्फमेन्सले कार्यकर्ता र आमनागरिक असन्तुष्टि । भ्रातृसंस्थामा बिना      परामर्श गरिएको एकलौटी मनोनयन।

- कम्युनिष्ट विभाजन पछि पनि कुनै पनि निर्वाचन क्षेत्र कांग्रेसको लागि सुरक्षित नभएको।

- देशको अर्थव्यवस्था चौपट भएको । अर्थमन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा पनि प्रधानमन्त्रीले किन कार्बाही नगरेको ? 

 बैठकमा आज एक दर्जन नेताहरूले आफ्नो धारणा राखेका थिए । नेताहरूले आफ्नो धारणा राख्न नसकिएकाले बैठक भोलि पुनः बस्नेछ । 


Author

थप समाचार
x