दल

आजबाट भट्टराई पक्षको विस्तारित बैठक, भोलिदेखि यादव पक्षको केन्द्रीय समिति बस्ने

इकागज |
असार २८, २०७९ मंगलबार ९:४० बजे

काठमाडौँ -जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । दुई दिनसम्म चल्ने बैठक काठमाडौँमा बस्न लागेको हो ।

अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमै अलग हुने निर्णयमा पुगिसकेका छन् । यद्यपि पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ । 
 



Author

थप समाचार
x