दल

कांग्रेस महाधिवेशनपछि पहिलो पटक एक ठाउँमा कोइराला परिवार

इकागज |
असार २९, २०७९ बुधबार ११:१८ बजे

काठमाडौं - नेपाली काँग्रेसको १४ औ महाधिवेशनपछि छिन्नभिन्नजस्तै भएका कोइराला परिवार एक ठाउँमा भेला भएका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री शशांक कोइरालानिवास महाराजगन्जमा कोइराला परिवार एक ठाउँमा भेला भएका हुन् । उनीहरू कुनै राजनीतिक भेटघाटको लागि नभइ शशांककी आमा सुशीला कोइरालाको स्मृतिको अवसरमा जम्मा भएका हुन् । 

प्रत्येक वर्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाका तत्कालीन स्वकीय सचिव तथा लोकसेवा आयोगका पूर्वसदस्य कृष्णचन्द्र झाले सुशीला कोइरालाको स्मृतिमा सबै कोइरालालाई आमन्त्रण गर्ने गर्दछन् । 


उक्त स्मृति दिवसमा शशांक, शेखर कोइराला, श्रीहर्ष कोइराला लगायतको उपस्थिति थियो । सुजाता भने बिरामी भएकोले उपस्थित हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि स्वर्गीय ज्योति कोइरालाको काजकिरियाका समयमा तीन कोइरालाबीच भेट भएको थियो । सो समयमा शशांक र शेखरबीच खासै कुरा भएन भने, सुजाता र शेखरबीच राजनीतिक विषयमा कुराकानी भएको थियो ।

महाधिवेशनमा शेखर संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार थिए भने सुजाता प्रकाशमान सिंहको टिमबाट उपसभापति उठेकी थिइन्  । शशांक भने सभापति शेरबहादुर देउवासँगै मिल्न पुगेका थिए । सुशीलाको २०६४ असार २९ गते निधन भएको थियो । 


Author

थप समाचार
x