दल

मेयर साम्पाङको प्रशंसा गर्दै प्रचण्डले भने- माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ

इकागज |
भदौ १०, २०७९ शुक्रबार १३:५२ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन् । धरानमै पुगेर प्रचण्डले मेयर साम्पाङको प्रशंसा गरेका हुन् । साम्पाङले कम्युनिष्ट र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहेको प्रचण्डको भनाइ छ । 


'सिङ्गो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । उहाँले कम्युनिष्टले र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ,' उनले भने, 'म पार्टीका साथीहरू र श्रमजीवी जनतालाई उहाँबाट प्रेरण लिन सुझाव दिन्छु । मेरो साथ रहनेछ । कामलाई निरन्तरता दिनुहोला ।' 

प्रचण्डले यसो भनिरहँदा साम्पाङले आफूले कामलाई निरन्तरता दिने बताएका थिए । 


Author

थप समाचार
x