दल

इलाममा कांग्रेसको तर्फबाट क्षेत्र नम्बर  २ मा भेषराज पहिलो नम्बरमा सिफारिस

इकागज |
भदौ १८, २०७९ शनिबार २०:२८ बजे

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैँ गर्दा दलहरुले उम्मेद्वार सिफारिस गरेका छन् । नेपाली काँग्रेस इलामले पनि शुक्रबार बसेको बैठकले उम्मेद्वार सिफारिस गरेको छ । 

नेपाली कांग्रसको विधान अनुसार क्षेत्रीय समितिले प्रतिनिधिसभाको लागि  र प्रदेश कार्यसमितिले प्रदेशसभाको लागि उम्मेद्वार सिफारिस गरेको हो । यसरी सिफारिस भएको नामावलीलाई जिल्ला कार्य समितिले केन्द्रमा पठाउने व्यवस्था रहेको छ । 


क्षेत्रीय कार्य समितिहरुले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सभापति डम्बर खड्का र क्षेत्र नम्बर दुईमा नेता भेषराज आचार्यको नाम सिफारीस गरेको छ । 

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले डम्बर खड्का, भेषराज आचार्य, भूपेन्द्र कट्टेल, टिकाराम लाप्चा, दुर्गा सुवेदीको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ ९क०मा बन्दना पौडेल अधिकारी (खगेश्वरी), उद्धव पौडेल, देवेन्द्र राई, हुकुमलाल थेवे, देवेन्द्र सुवेदी, हरि लुईटेल, सञ्जिव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम सिफारीस गरेको छ । 

प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा समशेर राई, विष्णु हेमकुमार कार्की, भिष्म प्रधान, निष्कल राई, जीवन नेपाल, धुव्र राई, सन्तोष गुरुङको नाम सिफारिस गरेको क्षेत्रीय सभापति समशेर राईले जानकारी गराए । प्रतिनिधिसभाको उम्मेद्वारहरु बैठकमा आएका नामहरु सिफारिस गरेको उनीहरुको नाममा १ नम्बर २ नम्बरको क्रम नमिलाएको राईको भनाई छ, उनले भने गठबन्धन हुँदा प्रतिनिधि सभा नेकपा एकिकृत समाजवादीको भागमा पर्ने भएकाले पनि क्रमाङ्क नमिलाएको हो । 

प्रदेशसभाको भने क्रमाङ्कमा मिलाएर सिफारिस गरिएको छ । अहिले भएको पार्टी भित्रको पोटफोलियो र क्रियाशिलताको आधारमा नाम सिफारिस गरेर पठाएको राईको भनाई छ । 

यसरीनै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा भेषराज आर्चायको नाम सिफारिस गरेको छ । त्यसपश्चात  डम्बर खड्का, केशव थापा, बेनुपराज प्रसाई, सुजता परियार, नगेन्द्र कुमार कुमाल, रमेश लिङदेनको नाम सिफारिस गरेको छ । प्रदेशसभा क्षेत्र नम्बर २ (क)मा  गोविन्द गिरी, राजेन्द्र शर्मा, निरोज खड्गी, पूर्ण प्रसाद गौतम, राजेन्द्र बस्तोला, प्रदिपचन्द्र आचार्यलाई सिफारिस गरेको छ ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख)मा याम कुमार वुढाथोकी, लक्ष्मण पाण्डे, कमल वहादुर कार्की, डम्बर बहादुर लिम्बु, रामकुमार श्रेष्ठ सिफिारिस भएको क्षेत्रिय सभापति डिकेन्द्र इदिङगोले जानकारी गराए ।


Author

थप समाचार
x