दल

एमाले धनुषाबाट रघुवीर महासेठ दम्पति उम्मेदवार सिफारिस

इकागज |
भदौ २०, २०७९ सोमबार ७:१४ बजे

फाइल तस्बिर

जनकपुरधाम- नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ । 


पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरूको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । क्षेत्रहरूमा उनीहरूबाहेक कसैले इच्छा नराख्दा उनीहरूको नाम सिफरिस भएकोले उनले बताए । पूर्वमन्त्रीसमेत रहेकी महतो नेता महासेठका धर्मपत्नी हुन् । 

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरिए पनि समानुपातिकतर्फका नाम अझै सिफारिस हुन नसकेको उनले बताए । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरूको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उनले बताए । 


Author

थप समाचार
x