दल

सुहाङले पाए १६ हजार ९४४ मत, कसको कति ?

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:५८ बजे

फाइल तस्बिर

काठमाडौँ -  इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायमै राखेका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम राखेका हुन् । सुहाङले १६ हजार ९४४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका खड्काले​ ११ हजार २७३ मत पाएका छन् ।


स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९०४४ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २८०३ मत ल्याएका छन् ।

खसेको ६९२८७ मत मध्ये जम्मा ४१९४७  मत गणना गरिएको छ । 


Author

थप समाचार
x