दल

कांग्रेस प्रचारप्रसार समिति संयोजकमा प्रकाशशरण महत

इकागज |
असोज ११, २०७९ मगलवार २१:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उनलाई आज समितिको संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



Author

थप समाचार
x