दल

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

इकागज |
कात्तिक १२, २०७९ शनिबार १५:९ बजे

पोखरा- नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरुदेखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे ।



Author

थप समाचार
x