दल

विश्वप्रकाश शर्मा भन्छन्- गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ

इकागज |
मंसिर ६, २०७९ मंगलबार २१:४७ बजे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई देशको प्रधानमन्त्री रूपमा प्रस्ताव गर्ने बताएका छन् । काठमाडौँ-४ बाट विजयी थापालाई बधाइ दिँदै सामाजिक सन्जालमार्फत् शर्माले संसदीय दलको नेता हुँदै देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका हुन् ।

फेसबुकमा गगनको फोटो पोस्ट्याउँदै विश्वप्रकाशले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ !'
 



Author

थप समाचार
x