दल

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको 'क्लिन स्विप'

इकागज |
मंसिर ८, २०७९ बिहीबार १६:५८ बजे

कैलाली - कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले 'क्लिन स्विप' गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका हुन ।

प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी रन्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन् ।


रञ्जिताले आफ्ना निकटतम प्रतिद्वन्द्वी चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् । ६४ हजार ९९९ मत गणना हुँदा रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १९ हजार ८१ मत प्राप्त गरे ।

त्यस्तै एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० मत ल्याएर तेस्रो भएका छन् । यहाँ जम्मा ६४ हजार ९९९ मत खसेकोमा ३ हजार २६८ मत बदर भएको थियो ।

यसैगरी, प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी विजयी भएका छन् । लक्ष्मणले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका छन्। नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार हुन्।

निर्वाचन कार्यालयका अनुसार चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरेका छन्। त्यस्तै कैलाशले माओवादीका दिर्घराज बिनाडीलाई पराजित गरेका हुन् ।

कैलाशले १५ हजार १०१ मत ल्याउदा बिनाडीले १० हजार ३७७ मत ल्याएका थिए । यसअघि नागरिक उन्मुक्ति पार्टीले कैलालीकै निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि र प्रदेशसभाका तिनवटै सिटमा जित हासिल गरी सकेको छ ।


Author

थप समाचार
x