दल

काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

इकागज |
मंसिर १५, २०७९ बिहीबार १६:२४ बजे

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् ।

बिहीबार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन् । उनले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने जिकिर गरे ।


उनले दलको नेताको निर्वाचन सर्वसम्मत रूपमा गर्नुपर्ने पनि बताए । उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको उल्लेख गरे । काँग्रेसलाई एकताबद्ध बनाउँदै सत्ता गठबन्धनसहितका दलहरूलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गरे ।


Author

थप समाचार
x