दल

स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता

इकागज |
पुस ५, २०७९ मंगलबार १५:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्केका छन् । 

स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्केका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहेका नेता पुनको स्वागत गरेका थिए ।


वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए । 

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहेका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन् । रासस


Author

थप समाचार
x