दल

टेबल टेनिस खेल्दै ओलीले भने - राजनीतिमा पनि फउल गरे रेड कार्ड

इकागज |
पुस १७, २०७९ आइतबार १६:३९ बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन् । 

मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगायत सबै ठाउँमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन् । 


उनले  शिक्षा र स्वास्थ्यको आवश्यकतासँगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको धारणा राखे । 

अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनको भनाइ छ । उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने बताए ।  ओलीले अझै पनि खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने जिकिर गरे । 

कार्यक्रममा ओलीले केही बेर टेबल टेनिस खेलेका थिए भने खेलाडीहरुले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x