दल

एकीकृत समाजवादीले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

इकागज |
माघ २२, २०७९ आइतबार १९:४३ बजे

फाइल फोटो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनजिविका, राष्ट्रियताको मुद्दालाई स्थापित गर्ने निर्णय गरेको हो । 


बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकार पार्टीको प्राथमिकताको विषय नभएको र संसदमा प्रतिपक्षी भएर बस्ने, शसक्त ढंगले जनताको आवाज उठाउने निर्णय भएको बताए । 

राष्ट्रपतिको विषयमा विपक्षी दलहरू उभिएको ठाउँमा नै आफूहरु उभिने उनले बताए ।  बैठकले वृहत् वामपन्थी एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरेको छ तर अहिले एमालेसँग भने एकताको कुनै सम्भावना नरहेको खतिवडाले बताए । 

बैठकले २०८० साल फाल्गुनभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी सुरु गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए । संगठनलाई सुदृढीकरण गर्नका लागि विभिन्न कमिटीहरूले आफ्नो अधिवेशन गठन/पुर्नगठन गर्न कार्य योजना दिइएको उनले बताए । 

प्रवक्ता खतिवडाले अवको चार बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको पार्टी देशव्यापी रुपमा सबै वडाहरूमा कलम चिन्हका उम्मेदवार जाने संकल्प रहेको जानकारी दिए । 


Author

थप समाचार
x