दल

संयन्त्रको बैठकअघि एमाले सचिवालय बैठक सुरू

इकागज |
माघ २६, २०७९ बिहीबार १४:१६ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो । 

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ । 


भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो । 


Author

थप समाचार
x