दल

आज होला त मन्त्रिपरिषद् विस्तार ?

इकागज |
चैत १७, २०७९ शुक्रबार ६:५३ बजे

काठमाडौं - अन्तत: आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा भागबन्डा मिलेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । 

शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्म शपथ गराउने गठबन्धनको तयारी छ । बिहान ११ बजेसम्म दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ । 


बिहीबार साँझ नै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि दलहरूले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि आज शपथको तयारी गरिएको हो ।

गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।


 


Author

थप समाचार
x