दल

अब सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्छ : अध्यक्ष यादव

इकागज |
चैत १७, २०७९ शुक्रबार १८:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र जनतालाई राहत दिने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन् ।​

शुक्रबार काठमाडौँमा आयोजित रिपोर्टस् क्लब नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सरकारले पूर्णता भएको भन्दै सो कुरा बताएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।


राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष यादवले ग्रामीण भेगका जनताका लागि सानातिनो कारोबार गर्नका लागि लोन दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तिय संस्थाहरूको व्यवस्था गर्नुपर्ने खाँचो समेत औंल्याए । 

अध्यक्ष यादवले संविधान अनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x