दल

माधव नेपाल भन्छन्- शरीरका कुनै पनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ

इकागज |
चैत २०, २०७९ सोमबार १३:२० बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताए ।

उनले मानव जातिको लागि रगतको आवश्यकता महत्वपूर्ण रहने बताए । अरु कसैको जीवन बचाउन आफूले सक्ने शरीरका सबै अंगहरू दान गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो,' उनले भने, 'रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’


अध्यक्ष नेपालले उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिलसमेत गरे । 

 


Author

थप समाचार
x