दल

एमाले केन्द्रीय समिति बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

इकागज |
बैशाख ३०, २०८० शनिबार ६:२४ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बिहिबार देखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बागमतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो ।


आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 


Author

थप समाचार
x