दल

सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता

इकागज |
जेठ १८, २०८० बिहीबार १८:३३ बजे

काठाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा विकास कोषले राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने भन्दै रास्वपाले बिहीबार संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।

‘२०५१ सालदेखि २ लाख ५० हजार रुपैयाँबाट सुरु भएको यस कार्यक्रम कुनै सरकारले हटाउने त कुनैले समावेश गर्ने गरिँदै आएको देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उल्लिखित पृष्ठभूमिमा यसका हालसम्मका अभ्यास र उपलब्धिहरूलाई मूल्यांकन गर्दा देहायका कारणहरूले यो कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् ।’


सांसद विकास कोषले देशको अर्थतन्त्र धराशायी भएको अवस्थामा विकास कोषले राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने कारण देखाउँदै रास्वपाले यसको खारेजीको माग गरेको छ ।

‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने,’ सङ्कल्प प्रस्तावका कारण र औचित्य बताउँदै रास्वपाले लेखेको छ, ‘मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।’


Author

थप समाचार
x