दल

विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

इकागज |
जेठ २३, २०८० मंगलबार २१:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मंगलबार पार्टी निकट बौद्धिक पेशाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानी कर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको जिकिर गरे । उनले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरूले समस्यामा पार्ने गरेको बताए ।


अध्यक्ष यादवले न्यायालय निष्पक्ष हुन नसकेको तर्क गरे । उनले ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्चँदैमा सकिने भन्दै यस हिसाबले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए । 

अध्यक्ष यादवले नेपालको प्राकृतिक स्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने बताए ।


Author

थप समाचार
x