दल

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

इकागज |
भदौ २, २०८० शनिबार १८:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ ।

लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफल समेत भएको खतिवडाले जानकारी दिए ।


बैठकमा आइतबारबाट सुरु हुने पार्टीको पोलिटब्युरो बैठकको एजेण्डाका बारेमा छलफल गरेको उनले बताए ।

भाद्र ५ देखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटीको तयारीका बारेमा केन्द्रित रहेर पोलिटब्युरो बैठकमा छलफल हुने उनको भनाइ छ ।


Author

थप समाचार
x