दल

सचिव पौडेलेको निधनले एमाले मधेश प्रदेशको अधिवेशन स्थगित

सुभाष कर्ण |
असोज २५, २०८० बिहीबार २१:५५ बजे

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा चलिरहेकै क्रममा पार्टीका मधेश प्रदेश सचिव डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगर प्रमुख समेत रहेका डा. पौडेल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित आफ्नै घरमा मृत फेला परेको जनाइएको छ । उनको निधनले गर्दा जारी रहेको मधेश प्रदेश अधिवेशन समेत भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । 


पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा मार्फत सचिव पौडेलको मृत्यु भएको बारे पुष्टि गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा जीतपुर सिमरा उपमहानगरालिकाका निवर्तमान प्रमुख एवं हाम्रो पार्टीका मधेश प्रदेश कमिटीका सविच डा. कृष्णप्रसाद पौडेलको निधनको खबरले अत्यन्त दुःख लागेको छ । दिवगंत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु लेखेका छन् । 

उनको मृत्यु के कति कारणले भएको हो भन्ने बारे यो समाचार लेख्दासम्म विस्तृत विवरण आउन सकेको छैन भने घटनास्थलमा प्रहरी पुगेको बताइएको छ । पौडेल नेकपा एमालेको टिकटबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितपुर सिमरा उपमहानगरपालिकाको नगरप्रमुख निर्वाचित भएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x