दल

आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूहले गर्‍यो आन्दोलन घोषणा

इकागज |
मंसिर १९, २०८० मंगलबार १३:४१ बजे

काठमाडौँ- आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ । 

काठमाडौँ जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 


आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुत्ला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ ।


 


Author

थप समाचार
x