दल

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो : महामन्त्री थापा

इकागज |
पुस ४, २०८० बुधबार २०:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभन्दा ठूलो निकाय सरकार नै रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुरुङ निर्माणका लागि विष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए । उनले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने बताए । उनले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताए ।


 


Author

थप समाचार
x