दल

कानुनको शासनमा सर्वसाधारण र शक्तिशाली दुवैले गल्ती गर्दा सजाय पाउनुपर्छ : गगन थापा

इकागज |
बैशाख ४, २०८१ मंगलबार १५:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका छन् । संवाद यात्राको क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कानुनको शासनमा सर्वसाधारण र शक्तिशाली दुवैले गल्ती गर्दा सजाय पाउनुपर्ने बताए । सहकारी ठगीमा लामिछानेबारे प्रहरीले गरेको अनुसन्धान फितलो भएकाले संसदीय समिति गठन गर्नैपर्ने उनले जिकिर गरे । भ्रष्टाचारका सन्दर्भमा काँग्रेस निर्मम भएको उनले दाबी गरे । 



Author

थप समाचार
x