दल

देशभरबाट गठबन्धन गलत भएको सुझाव आयो : गगन थापा

इकागज |
माघ २१, २०८० आइतबार १९:४७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् । 

आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् । अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अव पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टि भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे । 


नागरिक संवादका क्रममा विकास योजना, बजेट लगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए । 


Author

थप समाचार
x