दल

गगन थापाले पुनः सुरु गरे संवाद यात्रा

इकागज |
चैत १४, २०८० बुधबार १६:४१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।

यस अघि माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।


महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भएकाे जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरूसँग छलफल गर्ने उनीहरुका समस्याहरू सुन्ने गरेका छन् ।


Author

थप समाचार
x