दल

वरियता विवादपछि कांग्रेस मधेश सम्मेलनमा शेखर कोइराला नजाने

इकागज |
पुस ५, २०८० बिहीबार ८:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेशको सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नजाने भएका छन् । आज र भोलि हुने सम्मेलनको आसन ग्रहण गराउने विषयमा विवाद देखिएपछि कोइराला नजाने भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवापछि वरियतामा कोइरालालाई राख्न नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले नमानेपछि मधेशका ९ जना नेताहरूले असन्तुष्टि जनाएका थिए ।  


असन्तुष्टि जनाउनेमा मधेश प्रदेशका वरिष्ठ नेता रामसरोज यादव, प्रदेश सदस्य रेखा यादव, प्रमेश पोखरेल, रविनचन्द्र कोइरला, ताग अनली अन्सारी, उदय नारायण चौधरी, उमा देवकोटा र नितु झा रहेका छन् ।

सुनसरीको इनरूवामा कार्यकर्ता भेटघाट तथा अर्न्तक्रिया कार्यक्रममा कोइराला आज सहभागी हुने उनको सचिवालयले जनाएको छ । आज सुनसरी पार्टी कार्यालयमा बिहान ११ बजेदेखि कार्यकर्ता भेटघाट तथा अर्न्तक्रिया कार्यक्रममा कोइराला प्रमुख अतिथिको रूपमा सहभागी हुँदैछन् ।

कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा देउवासँग कोइराला पराजित भएपछि उनलाई वरियता दिएको छैन् ।


Author

थप समाचार
x