दल

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एक पक्राउ

इकागज |
पुस ७, २०८० शनिबार १७:३० बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । कास्कीको पोखरामा आयोजित सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि खोया प्रहार भएको हो । 

खोयाम प्रहार गर्ने लमजुङका २८ वर्षीया युवा सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए । प्रहरीले रानाभाट मकै खाइरहेको र मकै खाएपछि खोया फाल्ने क्रममा स्टेजमा पुगेको बताएको छ । तर प्रत्यक्षदर्शीहरुले भने रानाभाटले लामिछानेलाई नै ताकेर खोया फ्याकेको बताए । 



Author

थप समाचार
x