दल

क्रिसमसमा राक्सिराङ गाउँपालिकाले तीन दिन बिदा दिएको प्रति राप्रपाको आपत्ति

इकागज |
पुस ८, २०८० आइतबार ११:५५ बजे

फाइल तस्बिर

काठमाडौं - मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउन दिएको तीन दिनको बिदाप्रति राप्रपाले आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको बताए । 

धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको र धर्म निरपेक्षको वकालत गर्ने देशको एक जना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दै ‘हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं’ भनेर खुलेआम भनिरहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी ? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?



Author

थप समाचार
x