दल

मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि

इकागज |
पुस २३, २०८० सोमबार ९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले असन्तुष्टि जनाएका हुन् ।

'नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो, मन्त्री बनाउँदा पनि मधेश बिर्सियो, खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरू समुदायलाई निर्विरोध बनाए' पोखरेलले ट्‌वीट गरेका छन् 'अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?'



Author

थप समाचार
x