दल

राष्ट्रिय सभामा रिजालले टिकट नपाएपछि भने : निर्वाचनपछि धारणा सार्वजनिक गर्छु

इकागज |
पुस २३, २०८० सोमबार १३:१३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा छनौट गरेका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली काङ्ग्रेसको तर्फबाट गरिएको उम्मेदवारी चयनबारे आफ्नो धारणा निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्ने बताएका हुन् ।


‘आसन्न राष्ट्रिय सभा निर्वाचनमा हाम्रो दल नेपाली काङ्ग्रेसको तर्फबाट गरिएको उम्मेदवारी चयनबारे आफ्नो धारणा सो निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्नेछु,’ उनले भनेका छन्,’ तर अहिले कति पनि विलम्ब नगरि म उम्मेदवार चयन हुनु भएका सबै साथीहरूलाई विजयको हार्दिक शुभकामना दिन चाहन्छु ।‘

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार बिहान मात्रै उम्मेदवारको टुंगो लगाएको थियो ।

कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो । त्यसैगरी मधेसमा आनन्द ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत,  गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने भएको छ । 


Author

थप समाचार
x