दल

चुनाव हारेका मान्छेहरु ठाँटले राष्ट्रिय सभामा उठिरहेका छन् यसले व्यवस्थामाथि हाइज्याक भयो : रवि लामिछाने

इकागज |
पुस २४, २०८० मंगलबार १७:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले नियुक्ति सिफारिस मेरिटका आधारमा हुन सके संविधान र लोकतन्त्रको सम्मान हुन सक्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । चुनाव हारेकाहरू राष्ट्रिय सभा निर्वाचनमा उठिरहेको र पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको भन्दै व्यवस्थामाथि हाइज्याक भइरहेको उनको जिकिर छ । 


उनले यही कार्यकाल चुनाव हारेका मान्छेहरू ठाँटले राष्ट्रिय सभामा उठिरहेको भन्दै यसले व्यवस्था माथि नै आक्रमण गरेको बताए । 'पार्टीका युवा नेताहरु मुटुमा ढुङ्गा राखेर बस्नुभएको छ, सबै मध्यनजर गर्दा व्यवस्थालाई थिलथिलो बनाएको छ', उनले भने । 


Author

थप समाचार
x