दल

एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गर्‍यो : माधव नेपाल

इकागज |
पुस २७, २०८० शुक्रबार १४:२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरू पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरूकाे षड्यन्त्रलाई सफल हुन नदिने बताए । 


उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमामात्रै भर नगरि आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गरे । अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उनले व्यवस्थाको पक्षमा उभिनेहरूलाई शत्रुको रुपमा हेर्न नहुने बताए । 

उनले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सबै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिए । 


Author

थप समाचार
x