दल

मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्छः महन्थ ठाकुर

इकागज |
माघ १०, २०८० बुधबार २१:५१ बजे

फाइल फोटो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन् । 

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुन्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा बिभिन्न प्रकारको बिभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् । 


नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवै जनताहरुलाई समान व्यवहार हुनुपर्ने उनले बताए । 

उनले सवै जनताहरुले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे । 


Author

थप समाचार
x