दल

कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

इकागज |
माघ १८, २०८० बिहीबार २०:५३ बजे

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक भोलि अपराह्न २ बजे  सङ्घीय संसद् भवनको लाेत्से हलमामा बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।



Author

थप समाचार
x