दल

एमाले संसदीय दलको बैठक आह्वान

इकागज |
माघ १९, २०८० शुक्रबार १४:३४ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।


बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
 


Author

थप समाचार
x