दल

कांग्रेस महासमिति बैठक : भोलि प्रतिवेदन पेस गरिने

इकागज |
फागुन ७, २०८० सोमबार १६:४० बजे

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।


महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् ।


Author

थप समाचार
x