दल

सरकारले त्रिविको उपकुलपतिमा असफल व्यक्तिलाई नियुक्त गर्न खोज्यो : केपी ओली

इकागज |
फागुन ७, २०८० सोमबार १६:४६ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन् ।

सोमबार काठमाडौँ राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन् । उनले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको जिकिर गरे ।


प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न खोज्दा एमाले सरकारलाई सरकारमा रहेका र प्रतिपक्षीहरूले सहयोग नगरेको उनले बताए । ओलीले मुलुकमा केही थिति बसाले पनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको भनाइ राखे ।

त्यस्तै अध्यक्ष ओलीले गैर सहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए । नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बदनाम भएको उनले उल्लेख गरे ।  


Author

थप समाचार
x