दल

चैत १ गते काठमाडौंमा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने

इकागज |
फागुन १०, २०८० बिहीबार १६:१४ बजे

काठमाडौं - राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जन प्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरब्याज,लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न  जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 


बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाईसङ्गै लैजानुपर्नेमा विशेष जोड दिए ।​

थापाले आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रवादी मोर्चा निर्माण गर्नुपर्ने आवश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमान्दारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सीमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरू तथा केन्द्रीय पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरू गर्ने समेत निर्णय भएको छ ।


Author

थप समाचार
x