दल

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

इकागज |
फागुन २२, २०८० मंगलबार ९:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १:०० बजे बस्ने तय भएको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण, संगठन सुदृढीकरण योजना ,प्रशिक्षण कार्यक्रम र सकृय सदस्यता वितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्‍नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ ।


Author

थप समाचार
x