दल

नेकपा एस बैठक

छानबिन समितिको प्रतिवेदन आएपछि मात्र मन्त्री ज्वालाको विषयमा धारणा तय गर्ने

इकागज |
फागुन १०, २०८० बिहीबार १८:१५ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भएपनि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उनले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको बताए ।


प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिक रूपमा छलफल भए पनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे ।

बैठकमा समसामयिक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए ।

सचिवालय बैठक फागुन १४ गते पुन बस्ने उनको भनाइ छ । 


Author

थप समाचार
x